
काठमाडौं, ८ वैशाख। नेपाल कम्युनिष्ट पार्टीले जिल्ला समितिका पदाधिकारीको टुंगो लगाएको छ ।
नेकपा सचिवालयको आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाएको हो । तर, सूची भने अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गोप्य राखेका छन् । सचिवालय सदस्यहरुले हेर्न खोजे पनि पाएनन् ।
सोमबार मात्रै सूची दिने भन्दै दुई अध्यक्षले टारेका थिए । अध्यक्षद्वय ओली र दाहालले केही दिन यता जिल्ला पदाधिकारीको टुंगो लगाउन निरन्तर परामर्श गर्दै आएका थिए । पार्टी एकताको एक बर्षपछि नेकपाले पदाधिकारीको टुंगो लगाएको हो ।

कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा नेकपाले सोमबार राजधानीमा विशेष कार्यक्रमको आयोजना गरेको छ । सोमबारै जिल्लाका पदाधिकारीको पनि नामावली सार्वजनिक हुने बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।















प्रतिक्रिया