
काठमाडौं, ८ बैशाख । सभामुख कृष्णबहादुर महराले नेपाल–चीन सम्बन्ध विस्तारमा भाषा र शिक्षाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् ।
चिनियाँ भाषा शिक्षक संघले आइतबार काठमाडौंमा आयोजना गरेको ‘दोश्रो वेल्ट एण्ड रोड नेपाल–चीन शैक्षिक मेलाको उद्घाटन गर्दे सभामुख महराले भाषाको ज्ञान र शैक्षिक सहकार्यले दुई देशबीचको सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने बताएका हुन् ।
‘नेपाल–चीन शैक्षिक मेलाको शुरुवात हुनु स्रहानीय कार्य हो’, सभामुख महराले भने, ‘यस्ता मेलाले दुई देशको सम्बन्ध प्रगाढ बनाउन सघाउ पु¥याउनुका साथै एक अर्काको शिक्षा र भाषिक ज्ञान आदान प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्छन् ।’
दुई देशबीचको घनिष्ठ सम्बन्ध र सहकार्य भए पनि भाषिक समस्याका कारण जनस्तरसम्म शिक्षा, संस्कृति र अनुभव आदान प्रदानमा कठिनाई हुने गरेको सभामुख महराले बताए ।
चीनले शुरु गरेको बेल्ट एन्ड रोड इनिसिएटिभले विकासोन्मुख देशहरुलाई समेट्दै विकासका पूर्वाधारहरु निर्माण गरिरहेको भन्दै सभामुख महराले परियोजनाबाट नेपालले अन्तरदेशीय कनेक्टिभिटी, पूर्वाधार निर्माण, ऊर्जा, पर्यटन, शिक्षालगायतका क्षेत्रमा सहकार्य गर्न सक्ने थुप्रै सम्भावना रहेको बताए ।
चिनियाँ नागरिकहरुले नेपालमा आयुर्वेद, हिन्दू तथा बौद्ध दर्शन, योग विज्ञान लगायतका विषय पढ्न इच्छुक रहेको कुरा आफूले सुनेको प्रसंग कोट्याउँदै सभामुख महराले नेपालका विश्वविद्यालयहरुमा विदेशी नागरिकहरुले पनि पढ्न मिल्ने पाठ्यक्रमहरु तयार गर्नुपर्नेमा जोड दिए ।












प्रतिक्रिया