
काठमाडाैँ, ८ बैशाख । त्रिभुवन विमानस्थलबाट एक किलो ६ सय ग्राम सुनसहित चार जना विदेशी पक्राउ परेका छन् ।
प्रहरीले चेकजाँचका क्रममा विमानस्थलबाट सुनसहित दुई जना कम्बोडियन र दुई थाई नागरिकलाई पक्राउ गरेको जनाएको छ ।
थाई एयरबाट नेपाल आएका उनीहरुले ६ वटा चुरा र ३ पिस बिस्कुट आकारमा पाखुरामा लुकाएर ल्याएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो।












प्रतिक्रिया