१९ कार्तिक २०८३, बिहिबार

कुश्मामा स्वास्थ्य शिविर, ४ सय ८०जनाको स्वास्थ परीक्षण

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्वत, ८ बैशाख । कुश्मा नगरपालिका १३ खौलालाकुरिमा एक दिने निशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ। विपन्न नागरिकलाई स्वास्थको पहुचमा पुर्‍याउने उद्देश्यले प्रतिबिम्ब युवा क्लब तथा समाज सुधार मञ्च सिसेफ नेपालको आयोजनामा शिविर सञ्चालन गरिएकव हो।

शिविरमा करिब ४ सय ८०जनाको स्वास्थ परीक्षण गरिएको थियो ।  शिविरमा स्त्रीरोग, मुटु रोग, प्रेसर जाँच, हाडजोर्नी रोग, नशाका समस्या भएकाहरु बिरामी आएका थिए । खौला,  ठूलाीपोखरी, कार्कीनेटा, पीपलटार आसपासका स्थानीयले स्वास्थ्य जाँच गरेका हुन् ।

स्वास्थ्य जाँच गर्न आएकी १ महिलालाई बिरामी पुर्जा वितरण गर्दै कुश्मा नगरपालिकाकी उपमेयर सीता काफ्लेले शिविरको उदघाटन गरेकी हुन् । कार्यक्रम संयोजक कामना रेग्मीले अस्पतालसम्म पुग्न नसकेका बिरामीहरुलाई मध्यनजर गर्दै शिविर आयोजना गरिएको जानकारी दिइन् ।

उनले आफ्ना समस्या समाधान गर्न आफ्नो मनबाट नै लाग्नु पर्ने बताउदै आर्थिक अवस्था कमजोर भएकालाई घर घरमा दिएको स्वास्थ्य जाँचले सहयोग पुर्‍याउने विश्वास समेत व्यक्त गरिन् । शिविरमा स्वास्थ परीक्षण गरिसकेपछि उपचार सम्भव भए त्यहीँ औषधी उपलब्ध गराइएको र सम्भव नदेखिए अस्पताल रिफर गरिने क्लबले जनाएको छ ।

नव प्रतिबिम्ब युथ क्लब खौलाका अध्यक्ष विवेक सुवेदीको अध्यक्षतामा भएको शिविरमा सिसेफ महिला समूहका अध्यक्ष ईश्वरी पाठक, क्लबका सल्लाहकार खगेन्द्र सुवेदी, सिसेफ नेपालका संस्थापक अध्यक्ष टंक लामिछाने, नेपाली कांग्रेस खौलाका सभापति हर्कबहादुर कार्की, नेकपा खौलाका प्रतिनिधि तिलकबहादुर लामिछाने र क्लबका सचिव सुमन सुवेदीलगायतले बोलेका थिए ।

शिविरमा डाक्टर पर्निता राज भण्डारी , डाक्टर इन्द्र गुरुङले बिरामीको स्वास्थ्य जाँच गरेका थिए । साथै, कुश्मा नगरपालिका स्वास्थ्य शाखा, बाग्लुङ मेडिकल हल, कुश्मा हस्पिटल प्रालिका विशेषज्ञ डाक्टरहरु पनि शिविरमा सहभागी थिए ।