३१ आश्विन २०८३, शनिबार

श्रीलंकामा चर्च र पाँचतारे हाेटलमा श्रृङ्खलाबद्ध बम विष्फोट, विदेशीसहित कैयौंको हताहती

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ वैशाख । श्रीलंकामा आइतबार चर्च र पाँचतारे होटलमा श्रृङ्खलाबद्ध विष्फोट भएका छन् ।

स्थानीय समयअनुसार विहान पौने ९ बजेतिर कोचिकाडेको सेन्ट एन्थोनी चर्च र कटुवापिटियाको सेन्ट सेवास्टिएन्स चर्चमा इस्टर मनाइरहेका क्रिश्चियन धर्मालम्बीलाई लक्षित गरी बिस्फोट गराइएको हो।

यसैगरी एकै समयमा दुई ओटा पाँचतारे होटलमा पनि विस्फोट भएको हो । दुई वटा बम चर्चहरुमा विस्फोट भएका थिए । कोलम्बोको कोटाहेना सेन्ट एन्थोनी चर्चमा पहिलो विस्फोट भएको बताइएको छ ।

लगत्तै फेरि सेन्ट सेबास्टियन चर्चमा विस्फोट भएको थियो । विस्फोटमा घाइते भएका ८० जनाभन्दा बढीलाई अस्पतालमा भर्ना गरिएको बताइएको छ ।

बिस्फोटबाट विदेशी पर्यटकसहित कैयौंको हताहती भएको बताइएको छ। आक्रमणको जिम्मा कसैले लिएको छैन ।