३१ आश्विन २०८३, शनिबार

आइएस लडाकूद्वारा सिरियाली सरकार निकट २७ लडाकूको हत्या

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ बैशाख । इस्लामिक स्टेट आइएस लडाकूहरुले सिरियाली सरकार निकट २७ जना लडाकूको हत्या गरेका छन् ।

बेलायतस्थित सिरियाली मानव अधिकारसम्बन्धी अब्जरभेटरीले विगत ४८ घन्टाभित्रै होम्स प्रान्तको पूर्वी मरुभूमिमा चारजना सिरियाली सैनिकसहित सरकार समर्थित २७ जना लडाकूको हत्या भएको जनाएको छ ।

सिरिया र इराकको दुर्गम पहाडी मरुभूमिमा अखडा बनाएर बसेका आइएस लडाकूले आक्रमण गरेको र त्यसको जिम्मेवारी लिएको जनाइएको छ ।

विशाल सिरियाली मरुभूमि राजधानी दमास्कसदेखि होम्स र हामा सहर हुँदै इराकी सीमानजिकको युफ्रेटस उपत्यकासम्म फैलिएको छ । यो क्षेत्रमा पछिल्लो समय आइएसले आश्रयस्थल बनाएको छ ।