३१ आश्विन २०८३, शनिबार

उत्तर कोरियाली दूतावासमा छापा मार्ने एक पक्राउ

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ बैशाख । स्पेनको राजधानी मड्रिडस्थित उत्तर कोरियाको दूतावासमा भएको छापामा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अमेरिकी नेभीका पूर्वसदस्य क्रिष्टोफर एन रहेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । क्रिष्टोफरलाई लस एन्जलसमा रहेको अदालत उपस्थित गराउने तयारी भइरहेको छ ।

गत फेब्रुअरीमा मड्रिडमा रहेको उत्तर कोरियाली दूतावासमा एक समूहले छापा मारेको थियो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीच हानोइमा भएको वार्ता असफल भएको केही दिनपछि नै कोरियाली दूतावासमा छापा मारिएको थियो ।

उत्तर कोरियाले घटनाको छानबिन हुनुपर्ने बताएको थियो ।