३१ आश्विन २०८३, शनिबार

राहुल गान्धी भारतीय नागरिक नभएको दाबी

16.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली, ७ वैशाख । भारतको इलाहाबाद उच्च अदालतको लखनउ बेञ्चले भारतीय कांग्रेस अध्यक्ष राहुल गान्धीको नागरिकता विवादबारे केन्द्र सरकारले इमानदारीपूर्वक छिट्टै निर्णय लिनुपर्ने बताएको छ ।

राहुल गान्धीको नागरिकताका विषयमा दर्ता भएको एउटा रिटमाथि सुनुवाइ गर्दै अदालतले कांग्रेस अध्यक्ष गान्धीको नागरिकताको सत्यतथ्यबारे सरकार इमानदार भएर निर्णय गर्नुपर्ने बताएको हो ।

रिटमा राहुल गान्धीले बेलायती नागरिकता लिएकाले कानूनी हिसाबले भारतीय नागरिक नभएको आरोप लगाइएको थियो । यस विषयमा न्यायाधीशद्वय देवेन्द्रकुमार अरोडा र मनीष माथुरको संयुक्त इजलासले केन्द्र सरकारलाई चाँडै नै निर्णय गर्न निर्देशन दिएको छ ।

भारतीय कांग्रेस अध्यक्ष राहुल गान्धीमाथि बेलायती नागरिकता लिएको आरोप लगाइए पनि उनले भने यसलाई अफवाह फैलाइएको भन्दै आएका छन् ।