१९ कार्तिक २०८३, बिहिबार

स्कुटर चाेरी गर्ने एक जना पक्राउ

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, ५ बैशाख । स्कुटर चाेरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त ठिमीले बुधबार राति मध्यपुर ठिमी नगरपालिका २ दुवाकोटबाट रोशन दुलाललाई पक्राउ गरेको हो।

गएको शनिबार बोडेबाट चोरी भएको नमराज खडकाको बा. ५७ प ५४५२ नम्बरको स्कुटी सहित दुलाललाई नियन्त्रणमा लिएको जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त ठिमीले  जनाएको छ ।