कावासोती, ५ वैशाख । विप्लव नेतृत्वको नेकपाको नेपाल बन्दको प्रभाव नवलपुरमा पूर्ण रुपमा परेको छ ।
आफ्ना नेता तथा कार्यकर्ता पक्राउको विरोधमा नेकपाले गरेको बन्दको प्रभाव नपलपुरमा पूर्ण रुपमा परेको हो ।
बन्दका कारण सवारी साधन छिटफुट संचालनमा रहेको भएपनि सडकका ठाउँठाउँमा शंकास्पद वस्तु फेला परेपछि प्रहरीले नै सवारी साधनलाई ठाउँठाउँमा रोकेर राखेको छ । बन्दका कारण बजार सुनसान देखिएको छ ।
बन्दको पूर्वसन्ध्यामा बुधबार राति विप्लब नेतृत्व नेकपा जिल्ला सदस्य पुरुषेत्तम रेग्मी पक्राउ परेका छन् ।
मध्यविन्दु नगरपालिका ११ बाउन्नेकुनाबाट रेग्मीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । रेग्मीलाई बन्दको पूर्वसन्ध्यामा नेकपाले गरेको राके जुलुसका क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख एंव प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए ।
कावासोती १६ डण्डा पथ्तरखोला पुल नजिक रोकिराखेको भारतीय ट्रकमा आगजनी गरिएको छ । भारतको गुजरातबाट काठमाडौं जानका लागि आउँदै गरेको आर जे ०२ जीबी २८७० नम्बरको ट्रकमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।
आगजनीबाट ट्रकको अगाडि भागमा क्षति पुगेको छ । ट्रकमा एसिडसमेत प्रयोग गरिएको थियो । समयमै शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पुगेर ट्रकमा लागेको आगो निभाउन सफल भएको थियो ।
गैडाकोट नगरपालिका १३ र १४ को बीचमा पर्ने बेल्डिहा पुलमा रातो झोलामा शंकास्पद वस्तु भेटिएको छ । बिहान पाँच बजेतिर उक्त वस्तु फेला परेपछि सडक अवरुद्ध छ ।
अस्थायी प्रहरी पेष्ट वेल्डिहा पुल नजिकै शंकास्पद बस्तु भेटिएको हो । घटना स्थललाई प्रहरीले सुरक्षा घेराभित्र राखेको छ ।
देवचुली नगरपालिका २ मा रहेको दुम्कौली हेल्थ पोष्ट अगाडि पनि रातो झोलामा शंकास्पद वस्तु फेला परेको छ ।
दुम्किौली हेल्थ पोष्ट अगाडि लक्ष्मी नारायण वस्त्रालय लेखेको कपडाको झोला भित्र प्लाष्टिकमा बेरेर राखिएको शंकास्पद वस्तु फेला परेको हो ।













प्रतिक्रिया