१९ कार्तिक २०८३, बिहिबार

सगरमाथा उचाइ नाप्ने टोली खुम्बु पुग्याे

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ बैशाख । सगरमाथाको उचाइ नाप्ने टोलि सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ को दिङ्बोचेमा पुगेको छ ।

टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा एक कार्यक्रमकाबीच चैत २७ बुधबार कार्यक्रमका बीच बिदाई गर्नुभएको हो । टोली प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रवीन कार्की, सर्भेयर सुरजसिंह भण्डारी र अमिन युवराज धिताल तेञ्जिङ हिलारी विमानस्थल हुँदै आज लबुचे पुग्ने जनाइएको छ ।

नापी विभागका सूचना अधिकारी दामोदर ढकालका अनुसार टोलीमा रहेका दुईजना सगरमाथा आधारशिविरमा बसेर समन्वय गर्ने र दुईजना सगरमाथाको चुचुरोसम्म पुगेर काम गर्नेछन् । नेपाल आफैँले पहिलो पटक सगरमाथाको मापन गरिरहेको हो ।