काठमाडौं, २९ माघ । आयोजक टिम भिल्लारियललाई सेमिफाइनलमा पराजित गर्दै कोपा डेल रेमा बार्सिलोनाले फाइनल यात्रा तय गरेको छ । भिल्लारियललाई पराजित गरेसँगै कोपा डेल रेमा निरन्तर १० खेलमा विजयी हुने टिम पनि बनेको छ वार्सिलोना ।
आयोजक भिल्लारियल प्रतिस्पर्धात्मक खेल प्रदर्शन गरेपनि जित हात पार्न सिकेन । वार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीले गोलले टिम अग्रता लियो । स्टार खेलाडी लियोनल मेस्सीले लुईज स्वारेजको पासलाई लामो प्रहारबाट गोलमा परिणत गरे ।
मेस्सीले गोल गरेको ७ मिनेटमै भिल्लारियलका म्यानु ट्रिग्युरोसले गोल गरेर खेल बराबरीमा खेलाएक थिए । तर, बार्सिलोनाका तर आन्द्रे ईनिस्टाले ४९ औं मिनेटमा गोल गरेर आफ्नो अग्रता कायमै राखे ।
वार्सिलोनाका डिफेण्डर जेरार्ड पिकेले खेलको ६४ औं मिनेटमा गोल गरेसँगै बार्सिलोना ३–१ ले विजयी भएको हो ।
पहिलो हाफमा बार्सिलोनाको खेल त्यति सन्तोषजनक थिएन् । वार्सिलोना क्लबका प्रशिक्षक ईन्रिक र स्ट्राईकल मेस्सीवीच नै विवादले जनवरीमा बार्सिलोना रियल सोसाईडडसँग पराजित भएको थियो । तर त्यसपछिका सबै खेलमा भने बार्सिलोना विजयी बन्दै आएको छ ।
आगामी बुधबार बार्सिलोनाले सेमिफाईनलको अर्को संस्करणमा इस्पान्योल र एटलेटिक विल्वाओसंग भिड्दै छ ।














प्रतिक्रिया