५ कार्तिक २०८३, बिहिबार

सरकारको विचित्र नीति : विप्लव कार्यकर्तालाई तमसुकमा सही गराउँदै रिहा गरिँदै

5.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० चैत । प्रतिबन्ध गरी पक्राउ र धरपकड गरिएका नेत्र विक्रम चन्द विप्लव समूहका कार्यकर्तालाई सरकारले तमसुक गराउँदै छाड्न थालेको छ ।

६ सय ज्यादा कार्यकर्ता पक्राउ गरेको दाबी गरी विप्लवलाई टिक्नै नदिने कठोर नीति अपनाएको सरकारले आगामी दिनमा संगठनमा नरहने र कुनै पनि गतिवधि नगर्ने सर्तसहितको तमसुकमा सही गराएर छाड्न थालेको हो ।

सार्वजनिक मुद्दा लगाई कारबाही गर्ने तयारी एकातिर हुँदाहुँदै कपिलबस्तुबाट यस्तो नीति अख्तियारी गरिएको हो ।

पहिलो चरणमा यसरी चार जनालाई छाडिएको छ । मायादेवी गाउँपालिका–१ बाट पक्राउ गरिएका रामनिवास प्रसाद चौहानसहितको समूहलाई जिल्ला प्रहरी कार्यालयमा तमसुक गराई विप्लव समूहमा नरहने घोषणा समेत गर्न लगाइयो ।

उनीसँगै अर्घाखाँती शितगंगा नगरपालिका–११ का देवेन्द्र रेश्मी, बुद्धभुमी नगरपालिका–१ का हरिराम थारु र सोही नपा ८का सन्तराम पासीलाई पनि उस्तै प्रकृतिले छाडिएको हो ।

उनीहरूले विप्लवका कुनै पनि संगठनमा नरहेको र कामकारबाही नगर्ने घोषणा गरेका थिए ।