३१ आश्विन २०८३, शनिबार

सुडानमा सैनिक शासन लागू, तीन महिनाका लागि संकटकाल घोषणा

9.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुडान, २८ चैत । सुडानमा सैनिक शासन लागू भएको छ । झण्डै ३० वर्ष सत्तामा रहेका राष्ट्रपति ओमार अल बशीरलाई सत्ताच्युत गरेर गिरफ्तार गरिएको रक्षामन्त्रीले जनाएका छन्।

सरकारी टेलिभिजनमा बोल्दै रक्षामन्त्री अवाद इब्न ओउफले भने, ‘देशको सेनाले अब दुई बर्षे संक्रमणकालको जिम्मा लिनेछ र त्यसपछि निर्वाचन हुनेछ।’

उनले देशमा तीन महिनाको लागि संकटकाल लागु गरिएको पनि जनाएका छन्।

गत केही महिनायता सन् १९८९ देखि सुडानमा शासन गर्दै आएका राष्ट्रपति अल बशीरका विरुद्ध विभिन्न विरोध प्रदर्शनहरू हुँदै आएका थिए।

यस्तै गिरफ्तारमा परेका अल बशीरलाई भने सुरक्षित स्थानमा राखिने उनले जनाएका छन् । -एजेन्सी