३१ आश्विन २०८३, शनिबार

कालो हुँदैन ब्ल्याक होल, यसो भन्छन् वैज्ञानिक स्टिभन हकिङ

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ चैत । वैज्ञानिकहरुले खगोलका विषयमा ठुलो उपलब्धि हासिल गरेका छन् । यसअघि कालो वा अँध्यारो भनेर लिइने ब्ल्याक होल वास्तविकतामा त्यस्तो नहुने प्रमाणसम्म खगोलविद्हरु पुगेका हुन् ।

पहिलो पटक खगोलशास्त्रीहरूले ब्ल्याक होलको तस्बिर खिचेपछि यस्तो तथ्य पत्ता लागेको हो । उनीहरुले खिचेको तस्विरमा एउटा चम्किलो आभामण्डल देखिन्छ।

यसअघि कालो र अत्यन्तै शक्तिशाली वा निकै धेरै गुरुत्व क्षमता रहेको अनुमान वैज्ञानिकहरुको थियो । त्यसैले पनि यसको नाम कालो छिद्र वा ब्ल्याक होल भनिएको हो ।

तर,
पछिल्लो समय प्रसिद्ध भौतिकशास्त्री स्टिभन हकिङले ब्ल्याक होलबारे अनुसन्धान गरेका थिए। उनको हाल भने निधन भइसकेको छ ।

वैज्ञानिकहरुले खगोलको क्षेत्रमा पत्ता लगाएको यो उपलब्धि हकिङले भने देख्न पाएनन् । यद्दपी उनले ब्ल्याक होलहरू पहिला भन्ठानिए जस्तो कालो नहुने कुरा पत्ता लगाइसकेका थिए ।

उनले ब्ल्याक होलबारे गरेको ब्याख्या तलको भिडियोमा हेर्न/सुन्न सक्नुहुन्छ ।
भिडियो : बीबीसी नेपालीबाट