
काठमाडौं, २८ चैत । शंकर गु्रपको उत्पादन रिद्धि सिद्धिको आयोजनामा निर्माणकर्मीहरु समक्ष प्राविधिक ज्ञान प्रस्तुत गर्ने उद्देश्यले अन्तरक्रियात्मक कार्यक्रम गरिएको छ ।
उक्त कार्यक्रम ‘गुणस्तरको नयाँ स्तर’ भन्ने मूल सन्देशका साथमा चितवनमा आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा उपस्थित निर्माणकर्मीहरु माझ रिद्धि सिद्धि सिमेन्टको प्राविधिक पक्षको विस्तृत जानकारी सहितको प्रस्तुतिकरण पेश गरिएको थियो ।
सिमेन्टका सहायक ब्राण्ड म्यानेजर अनुज महतले सिमेन्टको उपयोगिता, उचित प्रयोग तथा विशेषताको साथसाथै सिमेन्टको उत्पादन प्लान्टमा प्रयोग गरिएका प्रविधिहरुका बारेमा बयान गरे ।
निर्माणकर्मी तथा निर्माण व्यवसायीहरुको उत्साहजनक सहभागिता रहेको यस कार्यक्रममा आयोजक समूहले उपस्थित सहभागीहरुसँग अन्तरक्रिया गर्नुको साथै वहाँहरुको लागि विभिन्न रमाइलो खेल लगायतका मनोरञ्जनात्मक प्रस्तुति पनि पेश गरेका थिए ।














प्रतिक्रिया