
दिल्ली, २८ चैत । भारतमा बिहिबारदेखि लोकसभा निर्वाचन सुरु भएको छ। भारतीय संचारमाध्यमहरुका अनुसार भारतमा भारतमा बिहीबार विहानैदेखि मतदान भइरहेको हो ।
पहिलो चरणमा भइरहेको यस निर्वाचन देशको २० राज्यको ९१ निर्वाचन क्षेत्रमा जारी छ। केन्द्र शासित प्रदेशका ९१ लोकसभा सिटका लागि मतदान भइरहेको हो।
आन्ध्र प्रदेश, सिक्किम, अरुणाचल, ओडिसा प्रदेशको विधानसभाका लागि समेत मतदान जारी छ।
पहिलो चरामा आन्ध्र प्रदेश, अरुणाचल प्रदेश, मेघालय, उत्तराखंड, मिजोरम, नागाल्यान्ड, सिक्किम, लक्षद्वीप, अन्डमान र निकोबार द्वीप समूह र तेलंगनाको सबै लोकभसा सिटका लागि मतदान हुँदैछ।
यसै चरणमा आसाम, बिहार, छत्तीसगढ, जम्मु–कास्मिर, महाराष्ट्र, मणिपु, ओडिसा, त्रिपुरा, उत्तर प्रदेश र पश्चिम बंगालका केही लोकसभा सिटका लागि पनि मतदान हुँदैछ।
संसद्को तल्लो सदन लोकसभाका लागि सात चरणमा हुने मतदान मे १९ तारिखसम्म हुनेछ। तर मतगणना भने २३ तारिखमा सुरु हुनेछ। भारतमा हाल ९० करोड मतदाता रहेका छन् । –एजेन्सी















प्रतिक्रिया