३१ आश्विन २०८३, शनिबार

इमरान भन्छन्-मोदी फेरि प्रधानमन्त्री भए शान्तिवार्ता हुनसक्छ

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ चैत । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्रीमा नरेन्द्र मोदी फेरि निर्वाचित भए शान्ति वार्ता हुनसक्ने बताएका छन् ।

भारतमा हुन लागेको आम चुनावबाट मोदीको पार्टी भारतीय जनता दलले जितेर उनी प्रधानमन्धी भए भारतसँग पाकिस्ताको शान्ति वार्ताको सम्भावना बढि हुने खानले बताए ।

मंगलबार विदेशी पत्रकारसँग इमरान खानले भारतमा विपक्षी पार्टी कांग्रेसको नयाँ सरकार बनेको खण्डमा उनीहरु पाकिस्तानसँग कुराकानीका लागि डराउन सक्ने बताएका छन् ।

‘कांग्रेसलाई यो डर भारतको दक्षिणपन्थी पार्टीबाट हुनेछ । बिजेपी दक्षिणपन्थी पार्टी हो र यदि उसले जित्छ भने कश्मिरको विषयमा कुराकानी अघि बढ्न सक्छ । यद्यपि, मोदीको भारतमा मुसलमान पूर्ण रुपमा आफूलाई अलग्गिएको महसुस गर्छन् ।’, खानले भने ।