काठमाडौं । आफ्नी छोरीलाई यौन धन्दामा लगाउने एक हिरोइन पक्राउ परेकी छिन् ।
भारतको तमिल फिल्मकी हिरोइन एस राजेश्वरीलाई छोरीलाई जबर्जस्ती यौनधन्दामा लगाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो । छोरीलाई फिल्म डाइरेक्टरसँग यौन धन्दामा लगाइरहेको बेला प्रहरीले प्रहरीले होटलमा छापा मारी रंगेहात पक्राउ गरेको हो । प्रहरीले एक महिला दलाललाई पनि पक्राउ गरेको छ ।
छोरीलाई होटलमा बन्धक बनाइ यौन धन्दा चलाएको सूचनाका आधारमा छापा मारिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, आरोपी फिल्म डाइरेक्टरले सबैभन्दा पहिले हिरोइन राजेश्वरीसँग भेटेका थिए । राजेश्वरीले आफ्नी छोरीका केही फोटो देखाएपछि छोरीसँगको यौन सम्पर्कका लागि डेढ लाख मूल्य तय भएको थियो । त्यसपछि फिल्म डाइरेक्टरले तत्कालै १० हजार रुपैंया दिएका थिए । बाँकी रकम भने यौन सम्बन्धपछि दिने सहमति भएको थियो ।
तर, यौनसम्पर्क चलिरहँदा प्रहरीले होटलमा रंगेहात पक्राउ गरी सबैलाई गिरफ्तार गरेको छ ।














प्रतिक्रिया