१३ कार्तिक २०८३, शुक्रबार

मुक्तिनाथ विकास बैंक र नेशनल बैंकिङ्ग ईन्स्टिच्यूटबीच सम्झौता

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ चैत । मुक्तिनाथ विकास बैंक र नेशनल बैंकिङ्ग ईन्स्टिच्यूटबीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा एनबीआईको तर्फबाट सहायक महाप्रबन्धक धनथापा र मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले हस्ताक्षर गरे ।

सम्झौताअनुसार अब एनबीआइले बनाएको वित्तीय साक्षरतासम्बन्धी मोबाईल एपको संरचना र सुविधाहरुबारे मुक्तिनाथ विकास बैंकका कर्मचारीहरुलाई विस्तृत जानकारी गराईने भएको छ ।

बैंकले आफ्ना सञ्जालमा रहेका सबै शाखाका कर्मचारीहरुलाई एनबीआई मोबाईल एपबारे जानकारी दिने भएको छ ।