
काठमाडौँ, २२ चैत । जनक शिक्षा सामग्री केन्द्रको ट्रकले तरकारी बोक्ने भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा दोलखा घर भई हालको ठेगाना नखुलेका ४० वर्षका इन्द्रबहादुर सुनुवार र धनुषा घर भई हाल भैसेपाटी बस्ने ४० वर्षीय डोल्मा शेर्पा रहेका छन् । उनीहरुको अलका अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ललितपुरको सानेपामा जनक शिक्षाको ना १ घ ५३३ नम्बरको ट्रकले बिहान साढे १० बजे तरकारी बोक्ने बा ७ च २१३१ नम्बरको भ्यानलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा धनुषा घर भई हाल बुगमती बस्ने १८ वर्षकी स्मृति मगर पनि गम्भीर घाइते भएकी छन् । उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । जनक शिक्षाको ट्रकका चालक घटना लगत्तै फरार भएका छन् ।












प्रतिक्रिया