कावासोती, २२ चैत । नवलपुर जिल्लाको मध्यविन्दु नगरपालिकामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् ।
पूर्व पश्चिम महेन्द्र राजमार्गअन्तर्गत मध्यविन्दु नगरपालिका वडा नं. १० अरुणखोला र दुम्किबासको बीच जंगलमा बिहीबार मध्यराति १२ बजेतिर पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ८ ख १८४५ नम्बरको ट्रकले बिपरित दिशातर्फ जाँदै गरेको लु ४१ प १७२७ नम्बरको स्कुटीलाई ठक्कर दिँ २२ वर्षीय टीकाराम महतोको मृत्यु भएको हो ।
देवचुली नगरपालिका सिर्जनाचोक रजहरका महतो दुर्घटनामा गम्भीर घाइते भएका थिए । उनको चितवनस्थित भरतपुरमा रहेको अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी एंव प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका स्कुटीमा सवार देवचुलीकै अन्दाजी २१ वर्षीय भरत गुरैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । ट्रक चालक फरार छन् ।












प्रतिक्रिया