
काठमाडौँ, २१ चैत । कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एशाेसिएशनको अध्यक्षमा चण्डेश्वर श्रेष्ठ निर्वाचित भएका छन् । उनी वामपन्थी प्रगतिशील समूहका तर्फबाट उम्मेदवार बनेका थिए ।
लोकतान्त्रिक समूहका उम्मेदवार सुनीलकुमार पोखरेललाई हराउँदै श्रेष्ठ निर्वाचित भएका हुन् । मतगणना सकिए पनि निर्वाचन समितिले मतपरिणाम भने सार्वजनिक गरेको छैन । केहीबेरपछि औपचारिक रुपमा नतिजा सार्वजनिक गर्ने समितिको तयारी छ ।
श्रेष्ठले ३ हजार १ सय ५४ मत प्राप्त गरी विजय भए भने पोखरेलले ३ हजार २७ मत पाए ।
स्रोतका अुनसार अध्यक्षसहित अधिकांश पदमा वामपन्थी प्यानलका उम्मेदवार विजयी भएका छन् । तर, महासचिवमा भने लोकतान्त्रिक समूहका उम्मेदवार लीलामणि पौडेल विजयी भएका छन् । उनले वामपन्थी समूहका उम्मेदवार सुरेन्द्र थापामगरलाई पराजित गरेका हुन् ।
पौडेल ३ हजार २ सय ७ मत ल्याएर विजयी भए भने थापाले २ हजार ९ सय ४० मत प्राप्त गरे ।















प्रतिक्रिया