काठमाडौं, २१ चैत । प्रहरी एसईई प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्नहरूलाई प्रहरीले आज सार्वजनिक गर्ने भएको छ ।
जिल्ला प्रहरी कार्यालय, सप्तरीमा पत्रकार सम्मेलन गरी आरोपीहरूलाई सार्वजनिक गर्न लागिएको हो ।
प्रदेश २ का प्रहरी प्रमुख डीआईजी हरिबहादुर पालको उपस्थितिमा दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने सप्तरीका डीएसपी भावेष रिमालले जानकारी दिएका छन ।
सीआईबीका एक उच्च अधिकारीका अनुसार प्रश्नपत्र आउट गर्ने काममा संलग्न भएको आशंकामा इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत जवान ब्रह्मदेव सुनरैत र दीपेन्द्रकुमार मण्डलसहित आठ जना पक्राउ परेका छन् ।












प्रतिक्रिया