३१ आश्विन २०८३, शनिबार

नासा भन्छ – भू–उपग्रह खसाउने भारतको कार्य खतरापूर्ण

15.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वासिङ्टन । भारतले पृथ्वीबाट अन्तरिक्षमा रहेको भू–उपग्रह खसाउने प्रविधिको विकास गरेको बताए लगत्तै नासाले यसको आपत्ति जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रको नाममा संवोधन गर्दै गत बुधबार अन्तरीक्षमा रहेको भू–उपग्रह पृथ्वीबाट क्षेप्यास्त्र हानी खसाएको दाबी गरेका थिए।

यस विषयमा नासाले भने चिन्ता व्यक्त गरेको छ । अन्तरिक्षको भू–उपग्रह खसाउने भारतको कार्य खतारनाक भएको नासाले जनाएको छ ।

नासाका अनुसार भारतले भू–उपग्रहलाई अन्तरिक्षमा ध्वस्त बनाएसँगै त्यसको ४ सय टुक्रा अन्तरिक्षमा छरिएको छ।

जसले अन्तरिक्षयात्रीलाई अप्ठ्यारो बनाउने छ। त्यस टुक्राहरु अन्तर्राष्ट्रिय स्पेस स्टेसन तिर गइरहेको समेत जनाइएको छ।

नासाका अनुसार अन्तरिक्षमा हाल दश सेन्टी–मिटरभन्दा लामो २३ हजार टुक्राहरु छरिएका छन्। तीमध्ये १० हजार अन्तरिक्षमा पहिल्यैदेखि थिए।

३ हजार टुक्राहरु चीनको एन्टी सेटेलाईट टेस्टलेगर्दा छरिएका हुन्। सन् २००७ मा चीनले ५ सय ३० माइल टाढा पृथ्वीबाट अन्तरिक्षको भू–उपग्रह खसाएको थियो।

नासाले यी कार्यहरु बन्द गरिनुपर्ने बताएको छ। अमेरिका र रुससँग समेत यस प्रविधि छ। यस्तो कार्य अगाडि बढे अन्तरिक्षमा अन्तरिक्षयात्री पठाएर ब्रम्हान्ड र अन्तरिक्षको अनुसन्धान गर्न नसकिने नासाले बताएको छ। -द गार्जेनबाट