काठमाडौं २८ माघ । विश्वकप फुटबलमा प्रथम श्रेणीको टिम भारतसंग नेपालले प्रतिस्पर्धा गर्ने पक्का भएको छ । यो अवसर नेपालका लागि निकै ठुलो हो । भारतको नेपालमाथिको हेपाहा प्रवृतिको बदला लिन यो प्रतिस्पर्धाले नोपललाई सहयोग गरेको छ ।
क्रिकेटमा निरन्तर प्रगतिले भारतसंग खेल्नका लागि अवसर नजुर्दा फुटबलमा भने नेपालले चान्स पाएको हो । प्रतियोगितामा नेपालले भारतसंग प्रारम्भिक छनौट चरणमै खेल्ने छ । सन् २०१८ मा हुने फिफा विश्वकप र सन् २०१९ को एसियन कपको प्रारम्भिक छनौट चरणको लागि सार्वजनिक गरिएको खेल तालिकामा नेपालले सुरुमै भारतसंग भिड्न लागेको हो ।
२०१८ को विश्वकपमा वरियता क्रममा सबैभन्दा पुछारमा रहेका एसियाका १२ देशहरुको ड्र मा नेपाल र भारतसँगै यमन र पाकिस्तान, पूर्वी टिमोर र मंगोलिया, कम्बोडिया र मकाउ, चाइनिज ताइपेइ र बु्रनाई तथा श्रीलंका र भुटानले खेल खेल्दैछन् ।
आगामी फागुन २८ देखि सुरु हुने प्रतियोगितामा नेपालले सुरुमै भारतसंग टेस्ट म्याच खेल्दैछ । चैत ३ गतेसम्म चल्ने प्रतियोगितामा १२ टिमबीच प्रतिस्पर्धा हुनेछ । डबल राउन्ड रोबिन फरम्याटमा ४० देशलाई आठ वटा समूहमा विभाजन विश्वकप छनौट खेलहरु सञ्चालन हुनेछन् ।
यस्तै, नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक ज्याक स्टेफानोस्कीले ४८ खेलाडीलाई राष्ट्रिय टोलीको लागि प्रशिक्षण गर्न सुरुवाती क्याम्पमा बोलाएका छन् ।
भारतले नेपालको सामना गर्न मार्च ४ देखि गुहावटीमा तयारी सुरु गर्दै छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले भने बिहीबारदेखि पोखरामा नेपाली राष्ट्रिय टिमको प्रारम्भिक तयारी सुरु गर्दैछ । नेपाली टिमका प्रशिक्षक स्टेफानोस्कीले मंगलबार नै ४८ खेलाडीको सूची तयार पारेका छन् र तिनलाई सुरुवाती प्रशिक्षणका लागि बोलाएका छन् ।
नेपालले दोस्रो लेगको खेल्ने स्थल भने तय भएको छैन । दशरथ रंगशाला पुनर्निर्माणबाट गुज्रिरहेको हुँदा सुरुमा त्यसै रंगशालामा खेलका प्रयास हुनेछ । रंगशाला निर्माण भइराखेकाले प्रशिक्षण प्रभावित हुने फुटबलका पदाधिकारी बताउछन् ।














प्रतिक्रिया