
काठमाडाैँ, १६ चैत । विश्व बैंक समूह अन्तर्गतको संस्था इन्टरनेसनल फाइनान्स कर्पोरेशन (आइएफसी)ले नेपालमा एक अर्ब अमेरिकी डलर लगानी गर्न इच्छा देखाएको छ।
शनिबार लगानी सम्मेलनको अवसरमा कर्पोरेशनका उपाध्यक्ष ह्यान्स पिटर ल्याकेजले आगामी चार वर्षका लागि योजना बनाएको बताए।
आइएफसीले आगामी चार वर्षको लक्ष्य लिएर एक अर्ब लगानी गर्ने योजना बनाएको उनले बताए । उनले लगानीको लागि उपयुक्त बजार निर्माणका लागि आह्वान गर्न चाहेको पनि बताए ।
पिटरले निजी क्षेत्रमा प्रतिस्पर्धात्मक खुबी आवश्यक रहेको उल्लेख गरे। साथै निजी क्षेत्र वैदेशिक पुँजी र विज्ञता भित्र्याउन तत्पर र प्रतिबद्ध रहनुपर्ने बताए।
उनले विश्वका ठूला परियोजनाको उदाहरण दिँदै लगानी रोजगारमुखी हुनुपर्नेमा जोड दिए । पिटरले निजी क्षेत्रमा प्रतिस्पर्धात्मक खुबी आवश्यक रहेको भन्दै निजी क्षेत्र वैदेशिक पुँजी र विज्ञता भित्र्याउन तत्पर र प्रतिवद्ध रहनुपर्नेमा जोड दिए।
ठूला परियोजनाले रोजगार बढाउने भन्दै उनले त्यस्ता परियोजनामा ध्यान दिन नेपाल सरकारको ध्यानाकर्षण गराए ।















प्रतिक्रिया