१९ कार्तिक २०८३, बिहिबार

दोलखाको बैतेश्वर गाउँपालिकामा बाल अक्षयकोष स्थापना

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोलखा,  १६ चैत । दोलखाको बैतेश्वर गाउँपालिका र सेभ द चिल्ड्रेनको साझेदारीमा बैतेश्वर गाउँपालिकाका ८ वटै वडामा बाल अक्षयकोषको स्थापना गरिएको छ ।

अनाथ, असहाय तथा संरक्षणबिहीन बालबालिकाहरुलाई शिक्षा, स्वास्थ्य र पोषणमा सहयोग पुगोस भन्ने उद्देश्यका साथ स्थापना गरिएको अक्षयकोषमा प्रत्येक वडामा तीन लाख रुपैयाँका दरले रकम राखिएको छ।

बैतेश्वर गाउँपालिका र सेभ द चिल्ड्रेन पहुँच परियोजनाको संयुक्त साझेदारीमा यो कोष सन्चालन गरिएको हो । बाल अक्षय कोष सन्चालन निर्देशिका २०७४ अनुसार कोषको सन्चालन हुने बताइएको छ।

जसअनुसार चौमासिक रुपमा छनौटमा परेका बालबालिकाहरुलाई १८ बर्ष उमेरसम्म मासिक ४ सयका दरले रकम बितरण गरिने छ। स्थापना गरिएको अक्षय कोषको प्राप्त ब्याजबाट बालबालिका हरुलाई यस्तो सहयोग गरिने कार्यबिधिमा उल्लेख छ।

यसै सन्दर्भमा आफ्नो वडामा रहेको अक्षयकोषबाट बैतेश्वर गाउँपालिका वडा नम्बर ५ स्थित वडा कार्यालय परिसरमा छनौटमा परेका ५ जना बालबालिकाहरुलाई मासिक भत्ता बितरण सुरु गरिएको छ ।

गाउँपालिका अध्यक्ष छवी लामाको प्रमुख आतिथ्यतामा आयोजित रकम वितरण कार्यक्रममा उपाध्यक्ष रविचन्द्र आचार्य, निमित्त प्रमुख प्रशासकीय अधिकृत ऋषिराम ज्ञावली, पहुँच परियोजना कार्यक्रमका सहजकर्ता देवराज खत्री, सेभ द चिल्ड्रेनका कार्यक्रम संयोजक गोपाल नेपाली र बाल समूह सन्जाल बैतेश्वर ५ का सचिव गीताकृष्ण शर्मा लगायतले कार्यक्रमको औचित्य र दीर्घकालीन अवधारणाका बारेमा प्रकाश पारेका थिए ।