५ कार्तिक २०८३, बिहिबार

एसईई पश्नपत्र काण्ड : प्रदेश २ मा चैत २१ गतेसम्म परीक्षा स्थगित

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ चैत । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले प्रदेश नम्बर दुईमा चैत २१ गतेसम्म सञ्चालन हुने सम्पूर्ण विषयका परीक्षाहरु स्थगित गरिएको जानकारी दिएका छन् । शुक्रबार साँझ शिक्षा मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पोखरेलले श्रृङ्खलाबद्ध रुपमा प्रश्नपत्र बाहिरिएपछि यस्तो निर्णय गरिएको बताए ।

परीक्षाअगावै प्रश्नपत्र बाहिरिनु निकै नै दुखद भएको उनले बताए । यसबाट विद्यार्थीमाथि पर्न गएको असरलाई सरकारले गम्भीरता पूर्वक लिएको मन्त्री पोखरेलले बताए ।

लाखौँ विद्यार्थीको भविष्यमाथि नै खेलबाड गर्ने आपराधिक काम भएकाले उनीहरुमाथि कडा कारबाही गरिने उनले प्रतिबद्धता जनाए ।

२०७५ सालको चैत २२ गतेका लागि पुनः तय भएको विज्ञान विषयको परीक्षा तालिका भने यथावत नै रहेको मन्त्री पोखरेलले जानकारी जानकारी दिए ।

प्रदेश दुईमा विज्ञान, सामाजिक शिक्षा विषयका प्रश्नपत्र बाहिरिएको थियो । यसले गर्दा पनि प्रदेश दुईमा सम्पूर्ण विषयकै प्रश्नपत्र बाहिरिएको आशंका गरिएको थियो ।