
हृदय भुसाल
अर्घाखाँची १४ चैत्र । प्रगतीशिल लेखक संघ अर्घाखाँचीको दोस्रो जिल्ला अधिबेशन एक कार्यक्रमका बीच नयाँ नेतृत्व चयन गर्दै सन्धिखर्कमा सम्पन्न भएको छ ।
अधिवेशनको उदघाटन गर्दे संघका केन्द्रीय उपाध्यक्ष पदमप्रसाद शर्माले राजनीतिक आन्दोलनका कारण साहित्यिक तथा लेखकका मुद्दाहरु ओझेलमा परेको भन्दै अबको लेखनको यात्रा विकास र समृद्धिकालाई टेवा पुग्ने गरि लैजानु पर्ने बताए । कलमका माध्यमवाट विभिन्न खालकासामाजिक विकृित विसंंगतिको अन्त्य गर्दै समतामूलक समाज निर्माण गर्न सवै लेखक एक हुनुको विकल्प नरहेको शर्माले वताए ।
उनले विभिन्न परिवर्तनका आन्दोलनमा लेखकहरुको भूमिका महत्वपूर्ण रहको स्मरण गराउँदै अहिलेको नेपाली समाजमा शोषण दमन र विवेदको स्वरुप फेरिएकोले सवै लेखक अन्याय, अत्याचार र विकृितका विरुद्धमा एक हुनुपर्ने औंल्याए । अधिवेशनमा बोल्ने वक्ताहरुले कला,साहित्य ,संस्कृतिको रचना,संंरक्षण विकास र प्रवद्र्धन गर्दै समुन्नत समाज निर्माण बिकासको लागी प्रगतीशिल लेखककरु गतिशिल हुनुपर्नेमा जोड दिएका थिए ।
अधिवेशनमा प्रदेश सदस्य, खेमराज शर्मा,वुद्धि गैरे, संस्कृति संरक्षण मञ्च अर्घाखाँचीका अध्यक्ष जर्नादन खनाल, वरिष्ठ प्रगतिशिल लेखक शालिकराम आचार्य,उपप्रध्यापक वुद्धिराम भुसाल, लुम्बिनी वाङमय प्रतिष्ठानका केन्द्रीय सदस्य हिम वहादुर जिसी लेकाली, वाङमयका जिल्ला अध्यक्ष पिताम्वर वन्जाडे, पत्रकार महासंघ ५ नम्वर प्रदेश सदस्य अशोक खनाल लगायले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।
अधिवेशनले वुद्धि वहादुर रायमाझीको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति निर्माण गरेको छ । जसको उपाध्यक्ष मालारानीका कमल घिमिरे , सचिवमा पाणिनिका कमल घिमिरे ,उप सचिवमा भेष वहादुर केसी, कोषाध्यक्ष शोभासिंह ठकुरी रहेका छन् । त्यस्तै सदस्यहरुमा जीवनारायण खनाल, हृदय भुसाल, तेज प्रसाद पाण्डे, टेकनारायण गैरे, पुष्करनाथ आचार्य, विजुला रायमाझी, भिमलाल आचार्य छन् । अधिवेशनले ६ सदस्यीय सल्लाहकार समितिको समेत गठन गरेको छ । अधिवेशन आयोजक समितिका संयोजक वुद्धिवहादुर रायमाझीको अध्यक्षता, सचिव जेवि दर्लामीको सञ्चाल र मञ्जु घिमिरेको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो ।












प्रतिक्रिया