५ कार्तिक २०८३, बिहिबार

कस्तो छ सीता दाहालको स्वास्थ्य अवस्था ?

14.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ चैत । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको स्वास्थ्यमा केही सुधार भएको छ ।

सीता दाहाललाई प्रचण्डले उपचारका लागि दश दिन अगाडि अमेरिका लगेका थिए । अमेरिकाको विभिन्न अस्पतालमा सीता दाहालको उपचार र चेकजाँच भएको थियो । सीता दाहालको चेकजाँचमा अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुन कार्कीले विशेष भूमिका खेलेका थिए ।

सीता दाहालकी कान्छी छोरी गंगा दाहालका अनुसार आफ्नी आमाको स्वास्थ्यमा सुधार भएको छ । बुधबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेखेर गंगा दाहालले आमाको स्वास्थ्यमा सुधार आउने विश्वास लिएको बताएकी छिन् ।

‘आमाको स्वास्थ्य जाँच वासिंटनस्थित मेडिस्टार हस्पिटल र बरमिंघमस्थित यूएबी हस्पिटलमा भएको छ’, उनले भनेकी छिन्, ‘डक्टरहरूको अनुसार आमाको स्वास्थ्यमा सुधार आउने विश्वास दिलाएका छन् ।’

गंगा दाहालले १० दिनको अमेरिका बसाईपछि आज (बुधबार) नेपाल फर्किन लागेको पनि बताएकी छिन् । उनले आफ्नी आमा सीता दाहालको उपचारमा सहयोग गर्ने राजदूत डा.अर्जुन कार्कीलगायत सबैमा धन्यावाद दिएकी छिन् ।

पत्नी सीता दाहालको उपचारका लागि प्रचण्डले कान्छी छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्यलाई अमेरिका लगेर गएका थिए । अमेरिकामा रहँदा नेपाली समुदाय र अमेरिकन केही उच्च व्यक्तिहरूसँग प्रचण्डले भेट गरेका थिए ।