८ कार्तिक २०८३, आइतबार

अख्तियारद्वारा पूर्व आयुक्त पाठकलाई ११ वर्ष र घुस दिने न्यौपानेलाई ८ वर्ष कैद माग

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै पूर्व–आयुक्त राजनारायण पाठकविरुद्ध घुस खाएको अभियोगमा मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

आयोगको मंगलबार बसेको बैठकले आयुक्त पाठकका साथै उनलाई घुस खुवाउने नेपाल इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेलाई समेत प्रतिवादी बनाई ७८ लाख रुपैंया बिगो मागदावी गरी मुद्दा दायर गर्ने निर्णय गरेको हो।

निर्णयपछि मंगलबार दिउँसो विशेष अदालतमा आरोपपत्र दर्ता झएको छ। ‘अनुसन्धानका क्रममा आयोगका आयुत्त पाठकले अख्तियारमा विचाराधिन उजुरी मिलाईदिने भनी पदीय आचरण विपरित काम गरेको देखिएकाले मुद्दा दायर गर्ने निर्णय गरिएको हो,’ अख्तियारका प्रवक्ता प्रदिप कोइरालाले भने, ‘कलेजका सञ्चालक भनिएका लम्बोदर न्यौपानेसँग ७८ लाख रुपैंया घुस लिएको देखिएकाले भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय भएको हो।’

अख्तियारले पाठक र न्यौपानेमाथि ७८ लाख रुपैंया बिगो मागदाबी गरेको छ। संवैधानिक पदमा रहेका व्यक्ति विरुद्ध भ्रष्टाचारमुद्दा दायर भएको यो पहिलो घटना हो।

अख्तियारले पाठक र न्यौपानेमाथि घुस रिसवत लिएको आरोपमा मुद्दा दायर गरेको हो। भ्रष्टाचार निवारण ऐनको दफा ३ अनुसार, ५० लाखदेखि एक करोड रुपैंया घुस लिने/दिने व्यक्तिलाई ६ देखि ८ वर्षसम्म कैद सजाय हुनेछ।

पाठकमाथि अख्तियारले ८ वर्ष कैद सजाय हुनुपर्ने मागदावी गरेको हो। उक्त ऐनको दफा २४ मा विशिष्ट श्रेणीको कर्मचारी भ्रष्टाचारमा संलग्न भएको भेटिए थप ३ वर्ष कैद हुने व्यवस्था छ। सो व्यवस्था अनुसार पाठकमाथि ११ वर्षसम्म कैद सजाय हुनसक्ने देखिन्छ। न्यौपानेको हकमा भने अख्तियारले ७८ लाख रुपैंया बिगो र ८ वर्षसम्म कैद सजायको मागदाबी छ।