१९ कार्तिक २०८३, बिहिबार

डिभर्ना– काठमाडौं समाजको साधारणसभा तथा अधिवेशन सम्पन्न

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं १२ चैत्र । डिभर्नाबाट विभिन्न पेशा व्यवसायमा काठमाडौं आई बसेकाहरुको संस्था डिभर्ना–काठमाडौं समाजको साधारणसभा तथा अधिवेशन बजाजु पार्कमा सम्पन्न भएको छ ।

पूर्व उपप्रधानमन्त्री तथा अर्घाखाँचीका प्रतिनिधिसभा सांसद टोपबहादुर रायमाझीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समाजका सल्लाहकार तथा मेगा वैंकका अध्यक्ष भोजबहादुर शाह, प्रहरी वरिष्ठ उपरिक्षक वसन्त कुवँर, नवलपुरका जिल्ला न्यायाधीश पुनारम खनाल लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै पूर्व उपप्रधानमन्त्री रायमाझीले डिभर्नाको विकासका लागि समाजले महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताए । उनले यस प्रकारका संघसंगठनले भातृत्व र आत्मियता वृद्धि गर्ने भन्दै समाजलाई रचनात्मक काम गर्दै अघि बढ्न सुझाव दिए ।

डिभर्ना–काठमाडौं समाजको सहयोगमा डिभर्ना–रुपन्देही समाजले गाउँमा एमबुलेन्स सञ्चालनमा ल्याएको छ । कार्यक्रममा एसएसपि वसन्त कुवँर, डा दिक्षा शाह, कोरियाबाट विद्यावारिधि गरेका डेभिट बस्याल, तेक्वान्दो खेलाडी कमल श्रेष्ठ लगायत एम्बुलेन्स खरिदमा सहयोग पुर्याउनेलाई सम्मान गरिएको थियो ।

कार्यक्रम समाजका अध्यक्ष कृष्णप्रसाद आचार्यको अध्यक्षता, उपाध्यक्ष कुलचन्द्र आचार्यले स्वागत मन्तव्य, कोषाध्यक्ष मित्रलाल श्रेष्ठले आय–व्यय प्रस्तुत र सचिव गोविन्द थापा क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको हो ।

अधिवेशनले कुलचन्द्र आचार्यको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ । जस्को उपाध्यक्षमा गोविन्द थापा, सचिवमा मित्रलाल श्रेष्ठ, सहसचिवमा नेत्र पौडेल र कोषाध्यक्षमा रञ्जु श्रेष्ठ चयन भएका छन् ।