१९ कार्तिक २०८३, बिहिबार

रोम विधान अनुमोदन गर्न आग्रह

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ चैत । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासँग मानव अधिकार तथा शान्ति समाजले मुलुकबाट दण्डहीनताको अन्त्यका लागि अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधानलाई अनुमोदन गर्न आग्रह गरेको छ ।

अध्यक्ष तिमिल्सिनालाई सोमबार समाजका सभापति उत्तम पुडासैनीसहितको टोलीले भेट गरी रोमविधानले दण्डहिनता अन्त्य गर्न सहयोग पु¥याउने भएकोले सोको अनुमोदन गर्न आग्रह गरेको हो । भेटमा अध्यक्ष तिमिल्सिनाले मानव अधिकारको प्रत्याभूति र शान्तिको सुनिश्चितता नै लोकतन्त्रको विशेषता भएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय फौजदारी अदालतको विधान अनुमोदनका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

शान्ति समाजले सन १९९८ देखि नै रोम विधानलाई नेपालले अनुमोदन गर्नुपर्ने भन्दै निरन्तर अभियान सञ्चालन गर्दै आएको छ । सन् १९९८ मा विधान पारित भई सन् २००२ को जुलाईमा स्थापना भएको अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधानलाई हालसम्म १२३ देशले अनुमोदन गरिसकेका छन् । समाजले प्रत्येक वर्ष चैत १७ गते सद्भाव प्रवद्र्धन, हिंसा र घृणा खारेजी एवं दण्डहीनता अन्त्यका लागि योगदान गर्न सबै पक्षलाई आग्रहसहित अभियान सञ्चालन गर्दै आएको छ । – रासस