१९ कार्तिक २०८३, बिहिबार

गुणस्तरहिन बस्तुको प्रयोगमा रोक लगाउनुपर्नेमा जोड

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हृदय भुसाल

अर्घाखाँची १० चैत्र । सन्धिखर्क नगरपालिकाले आयोजनामा उपभोक्ता हित प्रबद्र्धन सम्बन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाल भुसालले गुणस्तरहिन वस्तुको प्रयोगमा रोक लगाउन नगरपालिकाले सचेतना मूलक कार्यक्रम सञ्चालन गर्ने बताए । भुसालले गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकार र त्यसको संरक्षणमा स्थानीय तहको महत्वपूर्ण भुमिका हुने हुँदा सवै सरोकारवाल एक भई अनुगमनलाई प्रभावकारी वनाउनु पर्नेमा जोड दिए ।

नगर उपप्रमुख ठाकुर कुमार विकले सन्धिखर्क नगरपालिकाले निमार्ण गरेको वजार अनुगमन निर्देशिका २०७४ प्रस्तुत गर्दे निर्देशिकामा भएका नितिगत तथा कानुनी व्यवस्था,प्रावधान र प्रकृयाको वारेमा जानकारी गराएका थिए । उनले उपभोक्ताको अधिकारी संरक्षण गर्न, आफूहरुले बजार अनुगमनलाई तीब्रता दिने र प्रभावकारी रुपमा विभिन्न चेतनामुलक कार्यक्रमहरु समेत सञ्चालन गर्ने वताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले उपभोक्ता अधिकार सम्वन्धी बिभिन्न कानुनी व्यवस्थाहरुको वारेमा जानकारी गराउँदै नियमनकारी निकाय र यससँग पैरवी गर्ने संघ सस्था र मिडियाको महत्वपूर्ण भुमिका खेल्नुपर्ने  वताए ।

कार्यक्रममा निमित्त प्रमुख प्रशासकिय अधिकृत गोविन्द केसी, कृषि तथा पशुपंछी शाखा प्रमुख राधा पाण्डे लगायतले मन्तव्य राखेका थिए ।