
काठमाडाैँ, ११ चैत । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदको आलोचना गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन् ।
प्रहरीले फिफा काउन्सिल सदस्य महफुजा अख्तर किरोनलाई पक्राउ गरेको पुष्टि गरेको छ । उनलाई प्रधानमन्त्रीको मानहानीको अभियोगमा पक्राउ गरिएको छ ।
किरोनले प्रधानमन्त्री हसिनाले फुटबललाई वेवास्ता गरेको आरोप लगाएकी थिइन् । उनको भनाइले देशभरका नागरिकलाई हतोत्साहित गरेको आरोप लगाइएको छ ।
उनलाई शनिबार नै जेल पठाइएको छ । धरौटीको समेत अफर दिइएन । मानवअधिकारवादीले हसिनाले कडा कानुनको प्रयोग गरेको भन्दै आलोचना गरेका छन् ।
किरोनले प्रधानमन्त्रीले फुटबल र क्रिकेटलाई विभेद गरेको आरोप लगाएकी थिइन् । व्यक्तिगत फाइदाका लागि प्रधानमन्त्री शेखले क्रिकेटलाई साथ दिएको बताएकी थिइन् । -एजेन्सी















प्रतिक्रिया