१९ कार्तिक २०८३, बिहिबार

सम्पत्ति शुद्धीकरण विभागका एसपी ट्राफिक निर्देशनालय तानिए

5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ,  ११ चैत । प्रहरी प्रधान कार्यालयले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र केसीलाई सरुवा गरेको छ । एसपी केसीलाई ट्राफिक निर्देशनालयमा काज सरुवा गरिएको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा एसपी प्रकाश रानाभाटलाई पठाइएको छ । रानाभाट महानगरीय प्रहरी कार्यालयमा कार्यरत थिए । एसपी केसी पछिल्लो समय भएको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा छुटेका थिए ।

यस्तै, प्रहरी प्रधान कार्यालयले तीन जना डिएसपीको पनि काज सरुवा गरेर केन्द्रीय अनुसन्धान ब्यूरोमा पठाएको छ ।

अपराध महाशाखामा कार्यरत डीएसपी खुमलाल भुषाल, अर्जुन केसी र प्रहरी प्रधान कार्यालयमा कार्यरत महेन्द्र खड्कालाई केन्द्रिय अनुसन्धान ब्युरामो सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।