
काठमाडौं, ११ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेट एरियामा अबैध रुपमा संकलन गरी लैजान लागेको अन्दाजी ४९ ग्राम सुन र कतारी रियाल ७ सय ४० सहित धनुषा जनकपुर उपमहानगरपालिका-७ घर भएका १९ वर्षीय धिरज महतोलाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार दिउँसो महतले अबैध रुपमा संकलन गरी लैजान लागेको सुन तथा कतारी रियाल सहित विमानस्थलमा खटिएको प्रहरीले पक्राउ गरेको हो ।
महतोलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरण पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरणले जनाएको छ ।












प्रतिक्रिया