काठमाडौं, ११ चैत । सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएका छन् ।
समापन भएको अधिवेशनको समीक्षा र राष्टिय राजनीतिका बारेमा समान धारणा बनाएर जिल्ला फर्किन भन्दै दुवै दलले संसदीय दलको बैठक बोलाएका हुन् ।
हिउँदे अधिवेशन सकिएसँगै अर्को बजेट अधिवेशन सुरु हुने एक महिनाको बीचमा सांसदहरु निर्वाचन क्षेत्र जाने हुँदा त्यस अवधिमा पार्टीका विचारलाई कसरी जनतासम्म लैजाने भन्ने विषयमा छलफल हुने नेताहरुले जानकारी दिए ।












प्रतिक्रिया