सल्यान, ११ चैत । सल्यान कपुरकोट गाउँपालिको विकट बस्तीमा पहिलो पटक मोटरबाटो पुगेपछि गाउँलेहरु हर्षित भएका छन् ।
रोल्पा रुन्टीगढी गाउँपालिका संग जोडिएको कपुरकोट गाउँपालिका वडा नम्बर १ बाँझबोटमा मोटरबाटो पुगेपछि त्यहाँका स्थानीय हर्षित भएका हुन् ।
कपुरकोट बजारबाट दाङ जिल्लाको तुलसीपुर बजारसम्म पुग्न २० किलोमिटर मात्रै छ । तर कपुरकोट गाउँपालिकाकै वडा नम्बर १ बाँझबोट पुग्न भने २५ किलोमिटर भन्दा टाढाको दुरमिा रहेको छ ।
गाउँपालिकाको सबैभन्दा विकट मानिने यो गाउँ मोटरबाटो संग जोडिएपछि स्थानीयले विकासको अनुभुति गरेको बताउँछन् । बाँझबोटमा मोटरबाटो पुगेपछि स्थानियमा विकासको आशा पलाएको स्थानिय ओज बहादुर खड्काले बताए । उनले गाउँमा मोटरबाटो पुगेपछि आफुहरु निकै खुसि भएको प्रक्रिया दिएका छन् ।
भैलो खेलेको रकम मोटरबाटोमा
गाउँसम्म बाटो पुर्याउन स्थानीयले निकै चासो देखाएका थिए । गाउँसम्म बाटो पुर्याउन स्थानियले तिहारमा भैलो खेलेर संकलन भएको ५० हजार रकम लगानी गरेका हुन् ।कपुरकोट गाउँपालिकाले पनि गत वर्षबाट बाँझबोटमा मोटरबाटो पुर्याउने कार्य थालनि गरेको थियो ।
यस वर्ष आर्थिक वर्षमा पनि ६ लाख रुपैयाँ बजेट विनियोजन भएको गाउँपालिका प्रमुख भिम बहादुर सेनले जानकारी दिएका छन् ।
निर्माण उपभोक्ता समितीका अध्यक्ष कृष्ण बहादुर पुनले आफ्नो गाउँको समस्यालाइ मध्यनजर गरेर गाउँपालिकाले बजेट विनियोजन गरेको र आफुहरु गाउँसम्म बाटो ल्याउन सफल भएको बताए ।
गाउँमा कोही विरामी पर्दा पनि एम्बुलेन्स समेत आउने बाटो नहुँदाको दुख सम्झिदै उनले अहिले आएर यस समस्याको समाधान भएको जानकारी दिए ।
तरकारीले बजार पाउने
गाउँमा मोटरबाटो पुगेसंगै यहाँ उत्पादन हुने गरेको कृषिजन्य वस्तु बजार सम्म पुर्याउन समस्या पर्दा चिन्तीत बनेका बाँझबोट वासिहरु अहिले भने हर्षित भएका छन् ।
स्थानिय नर बहादुर सुनारले विगतमा गाउँमा उत्पादन भएको तरकारि कपुरकोट सम्म पुर्यान साढे ३ घण्टा सम्म लाग्ने गरेको सम्झीन्छन् । उनले भने, ‘बजार सम्म तरकारि विक्रि गर्न लैजानका लागी अघिल्लो रात नै घरबाट भारि बोकेर निस्कनुपर्ने हुन्थ्यो, अव त गाउँमै बाटो आएपछि धेरै सजिलो हुने भयो ।’
यता कपुरकोट १ का वडाअध्यक्ष बारालाम खड्काले आफ्नो वडाका विभिन्न वस्तीमा बाटो, विद्युत, खानेपानी जस्ता विकास निर्माणका कार्यमा आफु खटिरहेको बताएका छन् । मोटरबाटोको आइतबार गाउँपालिका स्तरिय अनुगमन समितीले अनुगमन समेत गरेको छ ।
गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितीका संयोजक तिला बुढा मगरले सो अवसरमा उपभोक्ताहरुलाइ विकास भनेको दिर्घकालिन हुनुपर्ने भन्दै निर्माण गरिएको मोटरबाटोको मर्मतसम्भारमा ध्यान दिन आग्रह गरिन् ।













प्रतिक्रिया