५ कार्तिक २०८३, बिहिबार

मन्त्री पण्डितले किरियापुत्री भेट्न जाँदा माला लगाउनुको यस्तो रहेछ कारण

20.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ चैत । फूलको माला लगाएर किरियापुत्री भेट्न पुगेपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको आलोचना भएको छ ।

सामाजिक सञ्जालमा आलोचना र समर्थनमा विभिन्न टिकाटिप्पणी आएका छन् । मन्त्री पण्डितका समर्थकले फूलको माला लगाएको विषयलाई अन्यथा लिन नहुने प्रतिक्रिया दिएका छन् ।

तर, आलोचकहरूले किरियापुत्री भेट्न जाँदा पनि फूलको माला लगाएको विषयलाई गम्भीर भएको बताएका छन् ।

मन्त्री पण्डितको यो तस्बिरको आइतबार दिनभिर आलोचना भएको थियो । धेरैले दुःखद् घडीमा माला लगाएर किरियापुत्री भेट्न जानु असान्दर्भिक भएको टिप्पणी गरेका छन् ।

तत्कालीन मोरङ एमालेका सचिवालय सदस्य महेश भट्टराई र मदन भट्टराईकी आमाको निधन भएको पाँचौ दिनमा मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्न र परिवारलाई सान्त्वना दिन भन्दै शनिबार मन्त्री पण्डित काठमाडौंबाट विराटनगर गएका थिए ।

विराटनगर विमानस्थलमा पार्टी कार्यकर्ताले लगाइदिएको मालासहित पण्डित भट्टराईको निवासमा पुगेका थिए । विमानस्थलबाट भट्टराईको निवास करीव २ किलोमिटरको दुरीमा पर्छ ।

दुःखद् घडीको ख्यालै नगरी मन्त्री पण्डितले फूलको माला लगाएर किरियापुत्री भेट्न गएको घटनाले अशोभनीय सन्देश दिएको स्थानीयको पनि भनाइ छ ।