१९ कार्तिक २०८३, बिहिबार

नवलपुरका ७७ विद्यार्थी एसइइ परीक्षा दिनबाट वञ्चित

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विजय चालिसे

कावासोती, ९ चैत । आइतबारबाट शुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा नवलपुरका ७७ जना विधार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् ।

कतिपय विद्यार्थीले पढ्दा पढ्दै बीचैमा पढाइ छोडेको, कतिपयको हाजिरी नपुगेको, कतिपय नियमित विद्यालय जान छाडेका र कतिपयले परीक्षा फारम नै नभरेका कारण उनीहरु यस पटकको एसइइ परीक्षामा सहभागी नहुने शिक्षा विकास तथा समन्वय ईकाइ नवलपुरले जनाएको छ ।

यस वर्षको परीक्षामा सबैभन्दा बढी रत्नराज्य मा.वि.र बेल भन्ज्याङ्ग मा.वि. बाट ६–६ जना विद्यार्थी परीक्षमा सहभागी हुने छैनन् ।

डेडगाँउ मा.वि. र जनता मा.वि. इटौराबाट ५–५ जना सहभागी हुन नपाउने ईकाइ प्रमुख कृष्णचन्द्र पोखरेलले जानकारी दिए । एसइइ परीक्षामा यस वर्ष नवलपुरबाट ६ हजार ६ सय ७० विद्यार्थी सहभागी हुँदैछन ।

नियमिततर्फ ६ हजार ६ सय २७ जना र एक्जाम्टेडतर्फका ४३ जना गरी ६ हजार ६ सय ७० जना परीक्षार्थी सहभागी हुने ईकाइ प्रमुख पोख्रेलले बताए ।

परीक्षामा नवलपुरबाट ८४ वटा सामुदायिक विद्यालय र निजी तथा संस्थागत ४९ गरी १ सय ३३ जटा विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् ।

५ वटा टेक्निकल विद्यालय र एउटा खुल्ला विद्यालयका विद्यार्थी पनि यस वर्षको एसइइ परीक्षामा सहभागी हुँदै छन् । जिल्लाका २४ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुने ईकाइ प्रमुख पोख्रेलले जानकारी दिए ।