८ कार्तिक २०८३, आइतबार

नेकपा एकता जिल्ला र स्थानीय तहमा एकै चरणमा

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ चैत । सत्तारूढ नेकपाले जिल्ला र स्थानीय तहमा पार्टी एकता एकै चरणमा सक्ने तयारी थालेको छ। जिल्ला कमिटीको अध्यक्ष र सचिवको टुंगो लगाउने जिम्मेवारी पार्टी केन्द्रको भए पनि स्थानीय तहको एकता सम्बन्धित जिल्ला कार्यदल र प्रदेश कमिटीले टुंग्याउने गरी प्रक्रिया अगाडि बढाएको नेकपाले जनाएको छ। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

पार्टी एकता भएको दस महिना बितिसक्दा पनि तल्लो तहको एकता प्रक्रिया टुंग्याउन नसक्दा नेकपाका आठ लाख बढी नेताकार्यकर्ता जिम्मेवारीविहीन छन्। नेकपाको एकता ३ जेठमा भएको थियो। त्यसयता नेकपाले केन्द्र र प्रदेश कमिटी मात्र गठन गरेको छ। जिल्ला र स्थानीय तहसम्म एकता टुंग्याउन सकेको छैन। जिल्ला अध्यक्ष र सचिवको टुंगो केन्द्रले लगाउँदा स्थानीय तहको एकता पनि टुंगिने गरी काम भइरहेको नेकपाका नेताहरुले बताएका छन्।

नेकपा स्थायी समिति सदस्य सुवास नेम्बाङले स्थानीय तहमा एकताका लागि दु्रत गतिमा काम भइरहेको बताए। उनले केन्द्रले जिल्ला अध्यक्ष र सचिव टुंग्याउँदासम्म स्थानीय तहको एकता टुंगोमा पुर्‍याइने बताए। ‘जिल्ला अध्यक्ष र सचिव चयनमा प्रक्रिया अड्किएको हो। अध्यक्ष दाहाल अमेरिकाबाट फर्केलगत्तै टुंगिन्छ,’ नेकपा संसदीय दलका उपनेतासमेत रहेका नेम्बाङले भने, ‘अधिकांश स्थानीय तहमा एकता प्रक्रिया टुंगिसकेको छ। जिल्ला अध्यक्ष र सचिव चयन हुदाँसम्म सबै स्थानीय तहमा टुंगिन्छ।’