
काठमाडौं, ७ चैत । महानगरीय अपराध महाशाखाको अनुसन्धानमा केही समयअघि राजधानीमा भएका सिरियल विस्फोटको तथ्य खुलेको छ ।
गोली हानाहान गरी काभ्रेको रोशी खोला गाँउपालिकाबाट पक्राउ गरिएका नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका चार जनाबाटै उपत्यका विस्फोट भएको तथ्य खुलेको हो ।
दाङका ३० बर्षीय नुमबहादुर बिक, भोजपुरका ३१ बर्षीय डिकेन्द्र राई, झापाका ३३ बर्षीय शिब धिमाल र सिन्धुपाल्चोकका ३३ बर्षिय बिशाल तमाङले विप्लव समूहको बम बनाउने तथा विस्फोटको काम गर्दै आएको खुलेको हो ।
यी मध्येका बिशाल तमाङ गत प्रतिनिधिसभाको चुनावमा नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापा लक्षित विस्फोट गरेको अभियोगमा पनि पक्राउ परेका थिए । त्यसबेला उनलाई राजिब तमाङका नामबाट मुद्दा चलाइएको थियो । स्रोतका अनुसार दश हजार धरौटीमा छुटेको तमाङ पुनः अपराधिक क्रियाकलापमै सक्रिय थिए ।
यो समूहले १० फागुन २०७५ मा ललितपुरको नख्खुमा रहेको एनसेल कार्यालय अगाडि बम बिष्फोटन गराएको खुलेको हो । जहाँ एक सर्वसाधारण हताहत भएका थिए भने दुुई घाइते छन् ।
सोही बेलुका काठमाडौं कमलपोखरीस्थित लोत्सेचोकमा आगन मिठाई पसलको विस्फोट, २४ फागुनमा काठमाडौंको बसुन्धरास्थित वैदेशिक रोजगार व्यावसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा भएको बिष्फोटमा पनि यहि समूह सक्रिय रहेको अनुसन्धानमा खुलेको छ ।















प्रतिक्रिया