५ कार्तिक २०८३, बिहिबार

यस्ताे रह्यो मन्त्रीहरुको होली, हेर्नुहाेस् ११ तस्वीर

8.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ चैत । नेपाल सरकारका मन्त्रीहरूले पनि होली पर्व मनाएका छन् । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको पुल्चोकस्थित मन्त्री क्वार्टर हरिहरभवनमा होली मनाइएकाे हो ।

मन्त्री पण्डितले आयोजना गरेको होली कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलदेखि कलाकारहरूको समेत उपस्थिति थियो। कार्यक्रममा नेकपाका वरिष्ठ तथा पूर्वप्रधानमन्त्री नेता माधवकुमार नेपाल, ऊर्जामन्त्री वर्षमान पुन, पूर्वसभामुख ओनसरी घर्तीमगर, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा, खानेपानी मन्त्री विना मगर लगायतका मन्त्रीहरू सहभागी थिए।

यसैगरी, सांसदहरुका साथै कलाकारहरु केदार घिमिरे ‘माग्‍ने बुढा’, जितु नेपाल, राजाराम पाैड्याललगायत पनि सहभागी थिए । सबै मन्त्रीहरुले टीका लगाएर हाेली मनाएपनि कार्यक्रममा सहभागगी खानेपानीमन्त्री मगरले भने कुनैपनि रङ्ग लाइनन् ।

उनी नेकपा अध्यक्ष पुष्पकमल दाहालकी बुहारी तथा स्वर्गीय प्रकाश दाहालकी पत्नी हुन् ।

हेर्नुहाेस् बाँकी तस्वीरहरु :