३१ आश्विन २०८३, शनिबार

रेल्वे स्टेशन नजिकै पुल खस्दा पाँच जनाको मृत्यु

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, १ चैत । भारतको मुम्बईस्थित छत्रपति शिवाजी टर्मिनस (सिएमएमटी) रेल्वे स्टेशन नजिकै एक पुल खस्दा पाँच जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् ।

शुक्रबार साँझ भएको यो घटनामा मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ। मानिसहरुको आवतजावत बढेको समयमा दुर्घटना भएको हो ।

घाइतेहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ । पुल खसेपछि आवागमन रोकिएको छ ।