
काठमाडौं, २८ फागुन । नेपाल प्रहरीमा कायम रहेको ३० बर्षे सेवा अवधि हटाउने तयारी भएको छ ।
नेपाल प्रहरीले तयार पारेको संघीय प्रहरी ऐन मस्यौदामा उक्त प्रावधान हटाएर प्रमुखको कार्यकाल र उमेरलाई आधार मानिएको छ ।
उक्त प्रस्ताव मन्त्रिपरिषद्ले पास गरी संसदबाट अनुमोदन हुनासाथ लागू हुनेछ ।
मस्यौदामा प्रहरी महानिरिक्षक (आइजी)को उमेर ५८ र कार्यकाल तीन बर्ष, प्रहरी अतिरिक्त महानिरिक्षक (एआइजी)को ५७ र २ बर्ष, प्रहरी नायव महानिरिक्षक (डिआइजी)को ५६ र ४ या ५ बर्ष प्रस्तावित छ ।
यो व्यवस्था अनुमोदन भएको खण्डमा हालका प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालको पदावधि एक बर्ष बढ्ने छ भने आगामी बर्ष तीन एआइजीहरू पुष्कर कार्की, ठूले राई र धीरु बस्नेत घर जानुपर्ने हुन्छ ।
यस्तै, मस्यौदामा तीन एआइजी र दुई डिआइजीको पनि प्रस्ताव गरिएको छ । यस प्रस्तावका आधारमा हालका डिआइजीहरू शुरेशविक्रम शाह, मनोज न्यौपाने र केदार रिजाल एआइजी हुनेछन् ।
यी मध्ये रिजाल ज्येष्ठ रहेका कारण खनालपछिको आइजीका स्वतः दाबेदार हुनेछन् । उता, प्रस्तावित दुई डिआइजीका लागि भने धेरैको स्पर्धा हुने देखिन्छ ।
एसएसपीहरू, वीरेन्द्र श्रेष्ठ, घनश्याम अर्याल, गणेश ऐर, पुुरुषोत्तम कँडेल, धीरजप्रताप सिंह, रवीन्द्र धानुक, विश्वराज पोखरेल, उत्तम सुवेदी, बसन्त लामा लगायतको प्रतिस्पर्धा हुने देखिन्छ ।
प्रस्तावित ऐन अनुमोदन भए हाल प्रहरीमा देखिँदै आएको रिक्तता र तिक्ततामा पनि कायम नहुने देखिन्छ । हाल कायम रहेको ३० बर्षे सेवा अवधिका कारणले प्रहरीभित्र राजनीतिक खिचातानी व्याप्त छ ।















प्रतिक्रिया