२९ आश्विन २०८३, बिहिबार

एशियाकै ‘सेक्सी’ अभिनेता ऋतिक रोशनलाई घरबाट निकालियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hrithik-roshan

मुम्बई । बलिउडमा सुपरस्टार (क्रिश) नामले चिनिने अभिनेता ऋतिक रोशनले आफ्ना बाबुसंग सम्बन्ध विच्छेद गरेका छन् ।

पत्नि सुज़ैन खान केही महिना पहिले सम्बन्द विच्छेद गरेका ऋतिकले चलचित्र अभिनयमा रोल गर्ने विषयमा विवाद भएपछि आफ्ना बाबु राकेश रौशनलाई छाडेका हुन् ।

खबर अनुसार ऋतिकले आफ्नो बावुको भनेको नमानेकाले उनलाई बावुले नै घरबाट निकालिएको बताइएको छ । अहिलेसम्म ऋतिक आफ्ना बुवाको आदेश अनुसार चलचित्रमा अभिनय गर्दै आएका थिए । बुवाले घरबाट निकालेपछि ऋतिक आफ्नो घर गएका छन् ।

तर उनको घरमा कोही छैन् । पत्निसंग सम्बन्ध विच्छेद गरेपछि छोराछोरी पनि उनीसंग छैनन् । उनी घरमा एक्लै बस्न नसकेर बाबुको घर गएका थिए । पत्नि सुजैन खानसंग अलग भएपछि बुवासंग दूरी बढेको जनाइएको छ ।