५ कार्तिक २०८३, बिहिबार

विप्लवसँग तर्सिए प्रचण्ड ! भन्छन्– यो सही बाटो होइन

24.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ फागुन । जनयुद्धका बेला आफूले समातेको बाटोमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीको कार्यशैलीले प्रचण्डलाई झस्क्याएको छ ।

केही समययता विप्लव समूहले लिएको हिंसाको राजनीति प्रचण्डले समातको शान्ति प्रक्रियाको मोडलको विपरित भएपछि उनी तर्सिएको संकेत पोखरामा दिए ।

विप्लव समूहले पूर्वमाओवादीलाई समेत टार्गेट बनाएको छ । यस्तो अवस्था देखेका प्रचण्डले सोमबार पोखरामा पत्रकारसँग भने,‘यो मैले गरेको कामको नक्कल हो, पार लाग्ने बाटो होइन ।’

२५ बर्षअघि आफूले समातेको बाटोबाट अहिलेको परिस्थिति अनुकुल क्रान्ति हुन नसक्ने प्रचण्डको तर्क छ ।

आफ्नो नामबारेको अभिमान प्रस्तुत गर्दै विप्लवप्रति कटाक्ष गरेका प्रचण्डले भने,‘प्रचण्डको नक्कल गरेर म पनि प्रचण्ड बन्छु भन्नु मनोगत हुन्छ । अहिलेको परिस्थिति फरक छ ।’