३१ आश्विन २०८३, शनिबार

सौतेलो दाईको हत्या आरोपी बहिनी रिहा

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २७ फागुन । उत्तर कोरियाका नेता किम जोङ–उनका सौतेलो दाई किम जोङ–नामको हत्यामा संलग्न भएको आरोप लागेकी इन्डोनेसियन महिला रिहा भएकी छन् ।

इन्डोनेसियाली महिला सिती आइशामाथि लागेको हत्याको आरोप फिर्ता लिइएपछि उनी रिहा भएकी हुन् ।

उनीसँगै भियतनामका डोएन थी हुओङमाथि नामको हत्यामा संलग्न भएको आरोप लागेको थियो । नामको अनुहारमा मलेसियाको क्वालम्पुर विमानस्थलमा सन् २०१७ मा विषाक्त चिज छर्किएको आरोप उनीहरुमाथि थियो ।

दुवैले आरोप अस्वीकार गरेका छन् । नाममाथि सन् २०१७ को फेब्रअरी १३ मा विषाक्त चिज प्रहार भएको थियो । नामलाई उपचारका लागि अस्पताल लगिँदै थियो, त्यहि क्रममा उनको निधन भयो ।